• April 20,2016

अधिकमासको अवधारणा

अधिकमासको अवधारणा पञ्चांग तिथि निर्धारण चन्द्रमा एवं सूर्यको गतिका आधारमा गरिन्छ । वर्ष एवं मासको गणनाको आधार यही भएकोले यसलाई चन्द्र वर्ष पनि भनिन्छ । एक वर्षमा ३५४ दिन ८ घण्टा ४८ मिनेट ३४,६७५२ सेकेण्ड हुन्छ । यसलाई सौर वर्षमा सामञ्जस्य स्थापित गर्न अधिकमास र क्षयमासको व्यवस्था गरिएको छ । अधिक एवं क्षयमासको निर्धारणबारे ज्योतिष सिद्धान्त (ग्रन्थ) मा उल्लेख छ । यस निर्णयको मुख्य आधारले जुन चन्द्रमासमा सूर्यको निरयण संक्रान्ति हुँदैन, त्यसलाई अधिकमास भनिन्छ । जुन चन्द्रमासमा दुई संक्रान्ति हुन्छ त्यसलाई क्षयमास भनिन्छ । क्षयमास केवल कात्र्तिक, मंसिर र पुसमा मात्रै हुन्छ । चन्द्रादि मास भेद शुक्लपक्ष प्रतिपदादेखि अमावस्यासम्म चन्द्रमास हुन्छ । संक्रान्तिदेखि मसान्तसम्म सौरमास हुन्छ । ३० दिनको सावनमास हुन्छ । विवाह आदि काममा सौरमास लिन्छन् । यज्ञ आदि काममा सावनमास र वार्षिक कर्म तथा पितृकार्यमा चान्द्रमास लिन्छन् । आयु तथा दशाको विभाग सावन मासबाट गर्नुपर्छ । सामान्यतया ३२ महिना १६ दिन ४ घडी बितेपछि अधिकमास हुन्छ । सूर्य सिद्धान्तअनुसार ३३,५३५ चान्द्रमासमा ३२,५३४३ सौरमास हुन्छन् । यसकारण सौरमासलाई चान्द्रमाससँग मिलाउन फरक २ वर्ष ८ महिना उप्रान्त अधिकमास आउँछ । सिद्धान्तशिरोमणि, वर्ष प्रबोध, अधिकमास निर्णय, ज्योतिषसार आदि ग्रन्थमा यो कुरा पुष्टि गरिएको छ । अधिकमासलाई पुरुषोत्तम वा मलमास भनिन्छ । मलमासलाई पुरुषोत्तम भएको पौराणिक कथा पनि छ । एक समय मलमास दुःखी भई भगवान् विष्णुको भक्ति गरे । मलमासको भक्तिबाट प्रसन्न भई बिष्णुले दर्शन दिए । मलमासले भने, ‘हे भगवान, म अत्यन्त दुःखी र उपेक्षित छु । चैत र बैशाख महिनाजस्तै न त मेरो कुनै नाम छ न कुनै अधिपति (देवता) मलीन अशुद्ध भएकोले शुभकार्य पनि हुँदैन । हे दिनानाथ, मेरो कष्ट निवारण गर ।’ विष्णुले भने, ‘तिम्रो कुनै नाम छैन भने तिमीलाई मेरो नाम दिन्छु । आजदेखि तिमीलाई सबैले पुरुषोत्तम मास भन्नेछन् र मासाधिपति देवता स्वयम् रहनेछु । जस्तै — म पुरुषमा उत्तम छु त्यस्तै तिमीलाई पनि मासमा उत्तम कहनेछन् । पुरुषोत्तम मासमा निस्काम भावबाट गरेको दान, पुण्य, सन्तसेवा र व्रतको फल अक्षय तथा अनन्त फलदायी रहनेछन् ।’ यति भनी भगवान् विष्णु अन्तरध्यान भए । त्यस बेलादेखि मलमासलाई पुरुषोत्तम मास भन्न थालिएको हो । २०६७ साल बैशाखसम्ममा दुई अमावस्याका बीच सूर्य संक्रान्ति छ, जसले चान्द्रमास बढेको छ । सूर्यको निरयण मेष संक्रान्ति १४ अप्रिलमा अमावस्या सकिनुपूर्व सुरु हुन्छ । त्यही सूर्यको वृष संक्रान्ति अमावस्या सक्न ९ घण्टा बाँकी हुन्छ । यसकारण १५ अप्रिल, २०१० बैशाख शुक्ल प्रतिपदाबाट वैशाख कृष्ण अमावस्या समाप्ति (१४ मई २०१० साँझ ६ः५६ बजे) सम्म सूर्यको कुनै पनि निरयण संक्रान्ति नभएकाले यो अमान्तमासलाई अधिकमास भनिन्छ । यो मास जुन चन्द्रमासमा पर्छ, त्यसैका आधारमा यसको नामकरण हुन्छ । जस्तै — वैशाख अधिकमास परेकाले अधिक वैशाख भनिन्छ । अधिकमासको सिद्धान्त अनुसार जब अधिक मास आउँछ, तब अमान्त चन्द्रमास पद्धति अनुसार प्रथममास अधिकमास र द्वितीयमास शुद्ध हुन्छ । जस्तै — २०६७ मा अधिकमास सुरु वैशाख शुक्ल प्रतिपदा १५ अप्रिलबाट हुन्छ तथा यसको समाप्ति वैशाख कृष्ण अमावस्या १४ मई २०१० मा हुन्छ । पुरुषोत्तम मासमा दान, स्नान र श्राद्ध अधिकमासमा भगवान् विष्णुसमक्ष अखण्ड दीप प्रज्जवलित गरेमा व्यक्तिको जीवनमा लक्ष्मीको कृपा हुन्छ । १४ मई २०१० वैशाख अमावस्याको दिन काँसको भाँडोमा मालपुवा दान गरिन्छ । कमसेकम ३३ वटा मालपुवा दान गरेमा सन्तान र धन प्राप्ति हुन्छ, पवित्र नदीमा स्नान र दीपदान गर्दा दरिद्रता र अशुभ स्वप्न नाश भई मनोरथ पूर्ण हुन्छ । यस मासमा पुरुषोत्तम भगवान्को नाम, जप, ध्यान, स्मरण तथा गोर्वधन गिरिराजको परिक्रमा श्रीमद्भागवत कथा श्रवण गर्नु पुण्य फलदायी हुनेछ । अधिक बैशाखमा गंगास्नान गर्नु पुण्य फलप्रद हुन्छ । वैशाख अधिकमासको फल प्रसिद्ध ज्योतिर्विद् घाघ भड्डरीका अनुसार यदि दुई वैशाखमास भएमा जगत्को भलाइ हुन्छ । जनता अति सुखी रहने । धान्य आदिको वृद्धि, घिउ, तेल आदि प्रचुर मात्रामा उत्पन्न हुने । राजकार्यमा नयाँ चेतनाको विकास हुन्छ । राजकीय कार्य सुचारु रुपबाट चल्ने जसले गर्दा शासकवर्गमा उत्साह उमंग र सुखको सञ्चार हुने । तर २०१० मे २ तारिखमा मीन राशिमा गुरुको अतिचार हुँदा ज्वरो आदि रोग वृद्धि, कृषि पैदावरमा कमी, कालो बजारमा वृद्धि हुनेछ ।


  • April 19,2016

२०७३ सालको ग्रह अवस्था

२०७३ सालको ग्रह अवस्था डा. वीरेन्द्र कायस्थ, यस वर्ष अर्थात् २०७३ सालमा नेपालमा के कस्ता घटनाहरु घट्नेछन् भन्ने विषयमा यस लेखमा चर्चा गर्नेछु । यो वर्ष सौम्य नामक संम्बत्सर परेको छ । सम्वत् फल विचार गर्दा यस वर्ष देशमा प्रशस्त बृष्टि हुनाले (कृषि) खेती कार्यमा लागेका सर्वसाधारण जनता अति खुस्किने देखिन्छ । परस्परमा वैमनस्य हट्नेछ । धार्मिक कृत्यलाई सबैको मन जानेछ । तर महँगी बढ्नाले जनतालाई कष्ट हुने छ । सरकारले यस तर्फ ध्यान दिन नसक्ने र जसले गर्दा जनतामा खिन्नता बढ्नेछ । ग्रह परिषद्लाई विचार गर्दा यस वर्ष राजा शुक्र र मन्त्री बुध भएर बसेको छ । दुवै ग्रह एक अर्का प्रति मित्र भाव राख्ने भएकोले राम्रो मान्न सकिन्छ । राजा शुक्र दानव गुरु भएकोले अतिविज्ञ, मन्त्री बुध बालक भएकोले क्षमताको दुरी धेरै हुने छ । यस वर्षको राजा र मन्त्री दुवै स्त्री ग्रह मानिन्छ । यसकारण नारी मानसमा प्रशासन तथा परामर्शको क्षमताको अभिवृद्धिको चेष्टा र प्रयाश बढ्नेछ । यो वर्ष नारी वर्ष भन्नुमा पनि फलित ज्योतिष सिद्धान्त दृष्टिकोणले केही अत्युक्ति हुने देखिदैन ।


  • April 19,2016

शल्यक्रियाबाट शिशुको जन्म र ज्योतिष

शल्यक्रियाबाट शिशुको जन्म र ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, आजको २१ सौं शताब्दीमा शल्यक्रियाको विकासले गर्दा शिशु तथा मात मृत्युदरमा पनि कमी आएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार, विश्वमा १० देखि १५ प्रतिशत सम्म शिशुको जन्म शल्यक्रियाबाट भएको पाईन्छ । विकसित मुलुकमा शल्यक्रियाबाट शिशुको जन्मदर झन् बढि भएको पाईन्छ ।


  • April 19,2016

गलत दिशामा पलङ राखेमा

Dr.birendra kayastha गलत दिशामा पलङ राखेमा मान्छेलाई निद्रा नलाग्ने देखि तनाव हुने सम्मका समस्या हुने समेत बास्तु शास्त्रमा उल्लेख छ । यसरी गलत दिशामा राखिएको पलङमा सुत्दा दाम्पत्य जीवनमा समेत नकारात्मक असर पर्ने बताइन कहाँ राख्ने पलङ


  • April 19,2016

धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्र�

Dr.birendra kayastha धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ, त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । हुन त यो ज्योतिष बिद्या आफैमा पनि यो उत्कृष्ट बिज्ञान हो तर यसलाई अवमूल्यन गरिदिने काम पनि उत्तिकै भएको छ । यो बिज्ञान हो कि अनुमान मात्रै हो, त्यो आफ्नो ठाउँमा बहसको बिषय होला । तपाईको जीवनमा उनले भनेको कुरा मेल खायो कि खाएन तपाई आफै चेक गर्नुहोस्। आइतबार १. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । २. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ । ४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ । ५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् । ६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ । ७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न । ८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । ९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ । १०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् । सोमबार १. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । २. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ । ३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ । ४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । ५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ । ६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ । ७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । ८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । ९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ । १०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ । मंगलबार १. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । ६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । ७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । ८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । ९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । १०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । ११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । १२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ । बुधबार १. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । २. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ । ३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ । ४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । ५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ । ६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ । ७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ । ८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । ९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् । १०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ । ११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ । १२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् । बिहिबार १. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । २. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । ३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । ४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । ५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ । ६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । ७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ । ८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । ९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ । १०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । ११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । १२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । शुक्रबार १. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । २. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ । ३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । ४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ । ५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ । ६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ । ७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । ८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । ९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । १०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ । ११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न । १२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ । शनिबार १. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ । ५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । ६. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न । ७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ । ८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न । ९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ । १०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न । ११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ